You are here
Home > समाचार > वाइडबढी खरिद प्रकरणः छानबिन गर्न प्रकाशमानको नेतृत्वमा उपसमिति गठन

वाइडबढी खरिद प्रकरणः छानबिन गर्न प्रकाशमानको नेतृत्वमा उपसमिति गठन

७ मंसिर २०७५, शुक्रबार १७:५६

काठमाडौं-नेपाल वायु सेवा निगमले भित्र्याएको वाइडबडी विमान खरिद प्रकरणबारे छानपिन गर्न संसदीय उपसमिति गठन भएको छ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पर्यटनमन्त्री रवीन्द्र अधिकारी, वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारसँग छलफलपछि प्रकाशमान सिंहको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरिएको हो ।

उपसमितिमा सत्तारुढ नेकपाका सांसद नारदमुनि राना र संघीय समाजवादी फोरमकी सांसद रेनुका गुरूङ सदस्य छन् । उपससमितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउन भनिएको छ।
शुक्रबारको बैठकमा सांसदहरुले निगमले ल्याएको वाइडबडीको स्वामित्व कोसँग रहेको भन्ने प्रश्न उठाएका थिए । विमान किनेर ल्याइएको हो वा भाडामा ल्याइएको हो भन्ने विषयमा प्रष्ट हुन नसकेको भन्दै सांसदहरुले उपसमिति गठन गरी छानविन हुनुपर्ने माग गरेका थिए ।

बैठकमा मन्त्री र निगमका अधिकारीहरुले संसदीय समितिले गर्ने छानबिनमा सहयोग गर्ने आश्वासन दिएका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सचिव कृष्णप्रसाद देवकोटाले छानविनमा असहयोग गर्ने कर्मचारीलाई प्रशासनिक कारबाही गर्ने चेतावनी दिए ।