You are here
Home > समाचार > सशस्त्र प्रहरीको सक्रियता बढेसँगै दैनिक लाखौंको मालसामान बरामद

सशस्त्र प्रहरीको सक्रियता बढेसँगै दैनिक लाखौंको मालसामान बरामद

७ मंसिर २०७५, शुक्रबार १९:३३

भैरहवा- सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्म डण्डाले पछिल्लो समय चोरी निकासी नियन्त्रणलाई तीव्रता दिएपछि भन्सार राजस्वमा वृद्धि भएको दाबी गरिएको छ। सीमा नाकामा खटिएको सशस्त्र प्रहरी टोलीले खुला सीमा नाकाका कारण भारतीय सीमावर्ती बजारबाट अवैध रूपमा भन्सार छलेर नेपाल ल्याउन लागिएका सामान सीमामा बरामद गर्ने क्रम बढेको छ ।

आर्थिक वर्ष ०७५\७६ शुरु भएदेखि हालसम्म लत्ताकपडा, किराना सामान, इलेक्ट्रोनिक सामान, हार्डवेयरका सामान, स्टेसनरी सामान गरी ५० लाख ९६ हजार ५ रुपैयाँबराबरको सामान बरामद गरेको छ । जसमध्ये साउनमा ११ लाख १२ हजार ६ सय रुपैयाँबराबर, भदौमा ५ लाख ५२ हजार ६ सय १० रुपैयाँबराबरको सामान, असोजमा २९ लाख ९८ हजार ९ सय ५ र कात्तिकमा ४ लाख ३९ हजार ८ सय ९० रुपैयाँबराबरको सामान बरामद गरेको छ ।

त्यस्तै, आर्थिक वर्ष ०७५\७६ शुरु भएदेखि ट्रक, पिकअप, मोटरसाइकल र साइकल गरी ४० लाख ७३ हजार मूल्यबराबरको गाडी बरामद गरेको छ । जसमध्ये साउनमा ५ लाख ४० हजार, भदौमा ४ लाख ९३ हजार, असोजमा २३ लाख र कात्तिकमा ७ लाख ४० हजारबराबरको गाडी बरामद गरेको छ ।

आर्थिक वर्ष ०७५\७६ शुरु भएदेखि १२ लाख ५९ हजार १ सय रुपैयाँबराबरको कुखुराको चल्ला नष्ट गरेको छ । जसमध्ये साउनमा २ लाख २२ हजार ८ सय, भदौमा १६ हजार, असोजमा ६ लाख ७० हजार ३ सय र कात्तिकमा ३ लाख ५० हजारबराबरको बोइल कुखुराको चल्ला नष्ट गरेको छ ।

बरामद सामानमध्ये केही सामान अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ भने अन्य सामान भैरहवा भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक गोबिन्दबहादुर खातीले जानकारी दिए ।

अनुसन्धानका लागि साउनमा ५ लाख ९३ हजार ७ सय ६८ रुपैयाँ, भदौमा ११ हजार २ सय ७५ रुपैयाँ, असोजमा २ लाख ४७ हजार र कात्तिकमा ६ लाख ९५ हजार २ सय ६४ रुपैयाँ मूल्य गरी जम्मा १५ लाख ४७ हजार ३ सय ७ रुपैयाँबराबरको सामान तथा गाडी राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको खातीले जानकारी दिए ।

त्यस्तै गत साउनदेखि २२ जना व्यक्ति, १ वटा ट्रक, ५ वटा गाडी, १० वटा मोटरसाइकल, ९ वटा साइकल बरामद गरेको छ । विभिन्न सामानमध्ये १ करोड १९ लाख ७५ हजार ४ सय १२ रुपैयाँबराबरको सामान भैरहवा भन्सार कार्यालय, राजस्व अनुसन्धान कार्यालय बुटवल र कुखुरा नष्ट गरिएको छ । त्यस्तै सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्म डण्डाले साउनदेखि कात्तिक २९ गतेसम्म ४ जना लागूऔषध ओसारपसारमा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ ।

कात्तिकमा मात्र लत्ताकपडाबाट ४ लाख ९९ हजर ४४ रुपैयाँ, खाद्यान्नबाट १ लाख ४१ हजार ३ सय १६ रुपैयाँ, इलेक्ट्रोनिक सामानबाट ५९ हजार २ सय, सवारीसाधनबाट १२ लाख ४० हजार र कुखुराको चल्लाबाट ३ लाख ५० हजार गरी २ करोड २८ लाख ९ हजार ५ सय ६० रुपैयाँबराबरको बरामद गरिएको छ ।

  • 1.4K
    Shares