You are here
Home > समाचार > काठमाडौंको तीनकुनेमा छुरा प्रहार, दुई जना घाइते

काठमाडौंको तीनकुनेमा छुरा प्रहार, दुई जना घाइते

८ मंसिर २०७५, शनिबार १५:५९

काठमाडौं- काठमाडौंको तीनकुनेमा गैह्रीगाउँमा छुरा प्रहारबाट दुई युवा घाइते भएका छन् ।

दुबै जनाको अहिले बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । अनिल श्रेष्ठ नाम गरेका एक र अर्का घाइतेको नाम खुलेको छैन । उनीहरु अन्दाजी २० वर्षका भएको प्रहरीले बताएको छ ।

शनिबार दिउसो १ बजेतिर भएको यस घटनाको कारण भने अझै पत्ता नलागेको प्रहरीले जनाएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले बताएको छ ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार दुई घाइते दौडिदै आएर सडकपेटीमै लडेर बेहोस भएका थिए । त्यसपछि स्थानीय पसलेले प्रहरीलाई खबर गरी घाइतेलाई अस्पताल पठाएका हुन्।

  • 10
    Shares