You are here
Home > समाचार > आज देशभरका अदालत बन्द

आज देशभरका अदालत बन्द

९ मंसिर २०७५, आईतवार ०८:०७

काठमाडौं –पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीको निधनमा आज सर्वोच्चसहित देशभरका अदालतहरु बन्द गरिने भएको छ ।

पूर्वप्रधानन्यायाधीश गिरीको निधनमा शोक मनाउन पर्सि नेपालभरका जिल्ला अदालत, उच्च अदालत, सर्वोच्च अदालत, विशेष अदालत तथा अन्य अदालतहरु बन्द गर्ने सर्वोच्चको आकस्मिक पूर्ण बैठकले निर्णय गरेको हो । कानुनविद् गिरीको शुक्रबार निधन भएको थियो ।

महोत्तरीमा २००१ साल वैशाख २५ गते जन्मिएका गिरी २०२५ साउनदेखि न्याय सेवाको शाखा अधिकृत पदबाट सेवामा प्रवेश गरेका थिए। गिरी जिल्ला अदालत, तत्कालीन पुनरोवदन अदालत हुँदै २०६४ वैशाख असोज १८ मा प्रधानन्यायाधीश भएका थिए।