You are here
Home > समाचार > दुवईमा सुन तस्करीसँग भेटघाट गरेको छैनः आइजिपी खनाल

दुवईमा सुन तस्करीसँग भेटघाट गरेको छैनः आइजिपी खनाल

१० मंसिर २०७५, सोमबार १५:४२

काठमाडौं-प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दुबइ भ्रमणका बेला आफूले सुन तस्करसँग भेटघाट नगरेको बताएका छन्।

साढे ३३ किलो सुन काण्डका अभियुक्त ठाकुर ढुंगानासँग भेटघाट गरेको भन्दै आलोचना भइरहेका बेला खनालले यसको खण्डन गरेका हुन्। इन्टरपोलको महासभा लागि एक साता दुबइ बसेर खनाल, डिआइजी निरज शाही, एसएसपी देउती गुरुङ, एएसपी उमेशराज जोशी गत शुक्रबार नेपाल फर्किएका थिए।

विहीबार खनाललाई एनआरएनको कार्यक्रममा सहभागी हुन निम्तो दिइएको थियो। कार्यक्रममा पुरै बस्न नभ्याउने भएपछि आफू १ घन्टाका लागि मात्र कार्यक्रममा गएको खनालले बताएका छन्।

‘एनआरएनको कार्यक्रममा सहभागी भएको हुँ, नेपालीहरुको कार्यक्रम भनेपछि जान पनि मन लाग्यो, त्यहाँ को को आउँछन् सबैलाई चिन्ने कुरा भएन,सोही रात फ्ल्याइट भएपछि हामी कार्यक्रम नसकिदैँ फर्किएका हौं, ‘खनालले भने।

चिन्दै नचिनेको ब्यक्तिसँग कार्यक्रममा आएको भरमा नाम जोडेर लेख्दा दुखित भएको खनालको भनाइ छ। ‘म माथि क कसले राजनिति गर्न खोजिरहेको छ,’ खनालले भने।

एनआरएन युएइका अध्यक्ष रमेश श्रेष्ठले ढुंगाना एनआरएनको आइसिसि सदस्य भएकाले उनी कार्यक्रममा सहभागी भएको बताए। खनालले उनीसँग भेट नगरेको दाबी उनले पनि गरे।

आफूमाथि आरोप लगाएपछि खनालले पत्रकार सम्मेलन गरेर यस विषयमा प्रष्ट पार्ने बताएका छन् ।

  • 6
    Shares