You are here
Home > समाचार > वन कार्यालयका कर्मचारीविरुद्ध बिशेष अदालतमा मुद्दा

वन कार्यालयका कर्मचारीविरुद्ध बिशेष अदालतमा मुद्दा

१२ मंसिर २०७५, बुधबार १५:१५

काठमाडौं –सब डिभिजन वन कार्यालय, नेपालटार, उदयपुरमा कार्यरत सहायक वन अधिकृत सत्य नारायण साह रौनीयारविरुद्ध बिशेष अदालतमा मुद्दा दायर भएको छ।

उनी केही साताअघि घुससहित पक्राउ परेका थिए। सामुदायिक वन उपभोक्ता समितिको काठ लगत गरी घाटगद्दी समेत गरी सकेकोमा घाटगद्दीमा रहेको काठको टुनटुक्राको घाटगद्दी मिलाई दिने आश्वासनमा उनले ६० हजार रुपैयाँ घुस लिएका थिए ।

अनुसन्धान आयोगको कार्यालय बर्दीवासबाट खटिई गएको टोलीले उनलाई पक्राउ गरेको थियो । अनुसन्धान पूरा गरी आयोगले मुद्दा दायर गरेको हो ।

  • 9
    Shares