You are here
Home > प्रशासन > सेनाभित्र अनियमितताको ठहरः १९ अधिकृतसहित १ सय ७३ जनालाई कारवाही (विज्ञप्तिसहित)

सेनाभित्र अनियमितताको ठहरः १९ अधिकृतसहित १ सय ७३ जनालाई कारवाही (विज्ञप्तिसहित)

१३ मंसिर २०७५, बिहीबार २०:५५

काठमाडौं– नेपाली सेनाले भर्ना प्रक्रियामा दोषी देखिएको भन्दै १९ अधिकृतसहित १ सय ७३ जनालाई कार्वाही गरेको छ । नेपाली सेनाभित्र लिने गरिएका विभिन्न पदहरुको भर्नामा भएको अनियमितता गरेको आरोपमा उनीहरुमाथि कार्वाही गरिएको हो।

अनियमिताको बारेमा छानविन गर्न कार्तिक ६ गते प्रधानसेनापति पूर्णचन्द्र थापाको निर्देशनमा एकजना उपरथीको अध्यक्षतामा ९ सदस्यीय जनरल समरी सैनिक अदालत गठन भएको थियो ।

उक्त सैनिक अदालतले मंसिर १३ गतेबाट लागू हुनेगरी कार्वाहीमा परेकाहरुबाट ३ करोड, २२ लाख ७५ हजार बिगो रकम समेत तोकेको छ ।

कार्वाहीमा पर्नेहरुमा अधिकृतदेखि अनियमित ढंगले भर्ना हुने सैनिक जवानहरु समेत रहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनएको छ ।

अन्य दुई दर्जालाई छ वर्ष कैद, जरिवाना र भविश्यमा सरकारी सेवामा अयोग्य ठहरिने गरी बर्खास्त गरिएको छ । दुई अधिकृतसहित छ जनालाई ३५ दिनदेखि तीन वर्षसम्म कैद, जरिवाना र भविश्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गर्न सिफारिश गरिएको छ ।

त्यस्तै एक अधिकृतसहित दुई जनालाई जरिवाना र भविश्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त तथा अन्य दर्जाको एक जनालाई सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको छ ।

त्यस्तै एक अन्य दर्जालाई जरिवानासहित चार वर्ष बढुवा रोक्का, पाँच अन्य दर्जालाई दुईदेखि पाँच वर्ष बढुवा रोक्का र भर्ना मापदण्ड विपरीत भर्ती भएका १०१ अन्य दर्जालाई भविश्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको छ । ३७ अन्यदर्जालाई भर्ना हुँदा आर्थिक लेनदेनमा संलग्न भएकाले तीन वर्ष बढुवा रोक्का गरिएको छ ।

  • 30
    Shares