You are here
Home > समाचार > प्रहरीद्वारा थानकोटबाट लागूऔषधसहित दुई पक्राउ

प्रहरीद्वारा थानकोटबाट लागूऔषधसहित दुई पक्राउ

१४ मंसिर २०७५, शुक्रबार ११:५९

काठमाडौं-कंलकीबाट थानकोटतर्फ भारतीय नम्बर प्लेटको गाडीमा प्रतिबन्धित लागूऔषध ओसारपसार भइरहेको छ भने सूचना थानकोट प्रहरीलाई प्राप्त भएको छ ।

करीब बेलुकाको समयमा वृत्तको टोलीले चन्द्रागिरि नगरपालिका–७ थानकोटबाट वि आर १ ए एच ६९०८ ईन्जिन नम्बर याफ १० डिएन ३२९६५८९ नं को भारतीय कार जाँचका क्रममा लागूऔषधसहित भारत विहार चम्पारणका १९ वर्षीय सविर अली र सोही स्थानका ५५ वर्षीय करण सहनीलाई बिहीबार राति पक्राउ गरेपछि सो तथ्य फेला परेको हो ।

सो क्रममा महानगरीय प्रहरी वृत्त थानकोटले लागूऔषध सहित दुई भारतीय नागरिकलाई पक्राउ गर्न सफल भएको हो ।

महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले कारको सिटमा रहेको जेब्रा झोलामा लुकार्इ–छिपार्इ लागुऔषध ल्याएको भेटिएकाले उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिएका हुन् ।

वृत्तका प्रमुख थमपाका अनुसार डाइजेपाम ६९५ एम्पुल ,नुर्फिन ६९६ एम्पुल र फेनार्गन ४९५ एम्पुल गरी एक हजार ८८६ एम्पुल लागुऔषधका साथै वाइन सिरेफ ७ बोत्तल समेत बरामद गरिएको छ । प्रहरीले उनीहरूको साथ वाट स्यामसुङ्ग मोबाइल दुई थान नोकिया सादा सेट एक थान जीव लेखिएको सादा सेट १ थान एनटिसि र भारतीय सिम एक थान बरामद गरेको हो ।

पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको र उनिहरूलाई लागुऔषध एेनअन्तर्गत मुद्दा चलाइने तयारी भईरहेको थानकोट प्रहरीले जनाएको छ ।

  • 4
    Shares