You are here
Home > समाचार > एम्नेस्टी इन्टरनेशनल नेपालका अध्यक्ष र महासचिव पक्राउ

एम्नेस्टी इन्टरनेशनल नेपालका अध्यक्ष र महासचिव पक्राउ

१४ मंसिर २०७५, शुक्रबार १४:४८

काठमाडौं- एम्नेस्टी इन्टरनेशनल नेपालका अध्यक्ष बिक्रम ढुकुछु र महासचिव कर्ण कुँवरलगायत मानव अधिकारवादी नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार विहान काठमाडौंस्थित भारतीय राजदूतावास अगाडि प्रदर्शन गर्ने क्रममा एमनेस्टीका नेतालाई प्रहरीले पक्राउ गरेको हो।

अध्यक्ष ढुकुछुलगायत नेतालाई प्रहरीले महानगरीय प्रहरी वृत्त लैनचैरको हिरासतमा राखेको छ। एम्नेस्टी इन्टरनेशनल इन्डियालगायत मानवअधिकार तथा परोपकारी सामाजिक संस्थामाथि भारत सरकारका अधिकारीले गरेको हस्तक्षपको संसारभरका एम्नेस्टीकर्मीहरूले विरोध गरिरहेका छन्।

भारतीय सरकारी अधिकारीहरू र प्रधानमन्त्री नरेन्द्र मादीले मानवअधिकारसँग सम्बन्धित कामहरू दवाउन खोजेको एम्नेस्टीले आरोप लगाएको छ। गत कात्तिक ८ मा भारतीय सुरक्षा निकाय इन्फोर्समेन्ट डाइरेक्टोरेटले एम्नेस्टी इन्डियाको बैंक खाता रोक्का गरेको थियो। बैंक खाता रोकिएपछि मानवअधिकार शिक्षासम्बन्धी काम प्रभावित भएका छन्।

  • 3
    Shares