You are here
Home > प्रशासन > भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियताः पहिलो चरणमा सिक्टा र निगमको जग्गा खरिद प्रकरणको छिनोफानो

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियताः पहिलो चरणमा सिक्टा र निगमको जग्गा खरिद प्रकरणको छिनोफानो

१५ मंसिर २०७५, शनिबार १२:०४

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी अकूत सम्पत्ति आर्जन गर्नेहरुको छानबिन सुरु गरेको छ । विगत २ बर्षका ठूला भ्रष्टाचार काण्डमध्ये बर्दियाको बारबर्दियास्थित जब्दीपुल निर्माण पूरा नभई भत्किएपछि ठेकेदार पप्पु कन्ष्ट्रक्सनविरुद्ध मुद्दा दायर गरेको अख्तियारले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा मुछिएका निवर्तनमान कार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध छिट्टै विशेष अदालतमा मुद्दा दायर गर्नेभएको छ ।

सडक विभाग अन्तर्गतको काठमाडौं डिभिजन कार्यालयमा हुँदादेखि निगममा जग्गा खरिदमा भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गर्ने तयारी अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ ।
अख्तियारले विस्तृत अनुसन्धान गर्दा खड्कासँग आयभन्दा धेरै बढी सम्पत्ति भेटिएपछि अख्तियारले मुद्दा दायर गर्ने तयारी गरेको स्रोतले बताएको छ ।

निगमको तेल भण्डारणका लागि झापा, सर्लाही, चितवन, भैरहवामा जग्गा खरिद गर्दा प्रचलित मूल्यभन्दा धेरै गुणा बढी देखाई डेढ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोप खड्कामाथि छ ।