You are here
Home > समाचार > राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपतिलाई

राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपतिलाई

१५ मंसिर २०७५, शनिबार १५:०८

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी आज शनिबार औपचारिक भ्रमणको सिलसिलामा मित्रराष्ट्र पोल्याण्डतर्फ प्रस्थान गरेकी छन्। उनको अनुपस्थितिमा संविधानबमोजिमका कार्यको जिम्मेवारी उपराष्ट्रपति नन्दबहादुर पुनलाई दिइएको छ ।

राष्ट्रपति भण्डारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको २४औँ सम्मेलनको उद्घाटन समारोहमा भाग त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी राष्ट्रपतिले तोक्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

  • 22
    Shares