You are here
Home > समाचार > चावहिलबाट पूर्वमन्त्री विष्टसहित २६ जना पक्राउ

चावहिलबाट पूर्वमन्त्री विष्टसहित २६ जना पक्राउ

१५ मंसिर २०७५, शनिबार १९:५३

काठमाडौं- प्रहरीले पूर्वमन्त्री विराज विष्टसहित २६ जनालाई चाबहिलबाट पक्राउ गरेको छ ।विवादित एसिया प्यासिफिक समिट र ईसाइ सरकारविरूद्ध चाबहिलमा गरिएको विरोध कार्यक्रमस्थलबाटै उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ ।

पक्राउ पर्नेमा तत्कालीन संघीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री विराज विष्ट, श्याम केसी, श्याम प्रसाद घिमिरे, कमल विष्ट,माधव प्रसाद भण्डारी, सपना अर्याललगायत रहेका छन् ।

सो कार्यक्रममार्फत् ‘जिससकी एक मात्र छोरी’ घोषणा गर्नेविरूद्ध उनीहरूले विरोध कार्यक्रम गरेका थिए । उनीहरू सबै गौशाला प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ ।

  • 19
    Shares