You are here
Home > समाचार > ललितपुरमा भएको दुर्घटनामा मृत्यु भएका ट्राफिक प्रहरी

ललितपुरमा भएको दुर्घटनामा मृत्यु भएका ट्राफिक प्रहरी

१७ मंसिर २०७५, सोमबार ११:२४

काठमाडौं –ललितपुरको एकान्तकुनामा मोटरसाइकल दुर्घटनामा एकजना ट्राफिक प्रहरीको मृत्यु भएको छ । दुर्घटनामा महानगरीय ट्राफिक प्रहरी वृत्त कालिमाटीमा कार्यरत प्रहरी जवान सुमनप्रसाद कँडेलको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी वसन्त पन्तका अनुसार कँडेलले चलाएको बा ९४ प ६१९७ नम्बरको मोटरसाइकल गएराति साढे ९ बजे एकान्तकुनामा दुर्घटना भएको थियो ।

कँडेललाई सडकमै लडिरहेको अवस्थामा बा. १६ च. ६८०२ नम्बरको कार चालकले अल्का अस्पताल जावलाखेल पुर्याएका थिए। उपचारका क्रममा कँडेलको मृत्यु भएको थियो ।

  • 48
    Shares