You are here
Home > समाचार > काठमाडाैँकाे जोरपाटीबाट ५ लाख ३१ हजार नगदसहित १३ जुवाडे पक्राउ

काठमाडाैँकाे जोरपाटीबाट ५ लाख ३१ हजार नगदसहित १३ जुवाडे पक्राउ

१७ मंसिर २०७५, सोमबार ११:२८

 काठमाडौँ- प्रहरीले काठमाडौंको जोरपाटी नयाँबस्तीबाट ५ लाख ३१ हजार नगदसहित १३ जुवाडेलाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी कार्यालय बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द नेतृत्वको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–६ स्थित राम कार्कीद्वारा सञ्चालित पूर्वेली गेष्ट हाउसबाट उनीहरुलाई पक्रेको हो ।

पक्राउ पर्नेमा धादिङ घर भई होटल सञ्चालन गर्दै आइरहेका राम कार्की, बाराका राजकुमार तिवारी र काभ्रेका ३४ वर्षीय केशव नेपाल छन् । त्यसैगरी उदयपुरका ३० वर्षीय मानबहादुर मगर र सिन्धुपाल्चोकका ३६ वर्षीय विशाल सुनारलाई पनि प्रहरीले जवाखालबाटै नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकामाथि अनुसन्धान गरेर प्रचलित कानूनअनुसार मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

  • 28
    Shares