You are here
Home > समाचार > आइजिपीले सरकारी कामका लागि गाडी चढेका हुन् – प्रहरी प्रवक्ता

आइजिपीले सरकारी कामका लागि गाडी चढेका हुन् – प्रहरी प्रवक्ता

१७ मंसिर २०७५, सोमबार १५:०६

काठमाडौं-नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनालले धेरै संख्यामा गाडी चढिरहेको भन्ने समाचारप्रति प्रहरी प्रधान कार्यालयले खण्डन गरेको छ।

‘संचारमाध्यममा खनालले धेरै संख्यामा गाडी चढिरहेको भन्ने समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रहरीले जारी गरेको बिज्ञप्तिमा भनिएको छ।

आइजिपीको सचिवालय मातहत निवास, सवारी महाशाखा, विभिन्न कन्भर्ट युनिट, तथा छदम प्रकृतिका अनुगमन इकाइहरु समेत रहने र त्यस्ता कार्यहरुमा सरकारी र निजी सवारी साधनहरु प्रयोग हुने गरेको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।

आइजिपीले चढ्ने गरेको भनिएको ५ वटा गाडी चल्न नसक्ने अवस्थामा रहेको उनले सुनाए।आइजिपीले २ वटा मात्र गाडी चढ्ने गरेको र सरकारी प्रयोजनका लागिआवश्यक गाडी पनि चढ्ने गरेको प्रधान कार्यालयले जनाएको छ।

धेरै गाडी चढे भन्ने त्यस्ता भ्रामक एवम नियोजित समाचारमा कुनै सत्यता नभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

 

  • 24
    Shares