You are here
Home > अर्थ/बजार > सुनको भाउ एकैदिन ९ सय रुपैयाँले बढ्यो

सुनको भाउ एकैदिन ९ सय रुपैयाँले बढ्यो

१८ मंसिर २०७५, मंगलवार ११:५१

काठमाडौं -सुनको मूल्य तोलामै ९ सय रुपैयाँले बढेको छ । जसअनुसार आज सुन तोलाको ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुन प्रतितोला ५८ हजारमा कारोबार भइरहेको  छ । चाँदी भने प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबारमा ७ सय रुपैयाँ कायम थियो ।

  • 2
    Shares