You are here
Home > राजनीति > समिटले प्रधानमन्त्री ओलीलाई तनाबः प्रचण्ड, झलनाथ र वामदेवको मोर्चाबन्दी सुरु

समिटले प्रधानमन्त्री ओलीलाई तनाबः प्रचण्ड, झलनाथ र वामदेवको मोर्चाबन्दी सुरु

१८ मंसिर २०७५, मंगलवार १२:०४

काठमाडौं- विवादित बनेको एशिया प्यासिफिक समिटमा प्रधानमन्त्री ओली सहभागी भएसँग नेकपाभित्र अहिले उनी विरुद्ध शीर्ष नेताहरु उत्रिएका छन् ।

ओलीले विवादस्पद संस्थाको कार्यक्रममा सहभागी जनाएर नेपालको अस्मिता, गरिमा र धार्मिक संस्कारमाथि प्रहार गरेको आरोप जनस्तरबाट आईरहेको बेला आफ्नै पार्टीका शीर्ष नेताहरुपनि प्रधानमन्त्री ओलीको विरुद्धमा अहिले उत्रिएका हुन्।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल, शीर्ष नेता वामदेव गौतम लगायतका प्रभावशाली नेताहरु ओलीको विरुद्धमा उत्रिएका छन्।

इसाई धर्म प्रचारक संस्था युनिभर्सल पिस फेडेरेसनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुरस्कृत समेत गरेको थियो। सोमवार राती बसेको मन्त्रीपरिषद् उक्त अमेरिकी डलरमा सरकारले थप रकम थपेर एउटा कोष बनाउने समेत निर्णय गरिसकेको छ।

प्रधानमन्त्री ओलीले नेतृत्व र सुशासन अवार्डसँगै पाएको १ लाख डलरमा त्यत्ति नै पैसा थपेर यूवाहरूको क्षेत्रमा काम गर्ने कोष बनाउने निर्णय गरेको हो ।

भीम रावलले एक अन्तर्गवार्तामा प्रधानमन्त्री ओलीको राजिनामा नै मागेका थिए। उनले युनिभर्सल पिस फाउण्डेशनका नेपालका अध्यक्ष एकनाथ ढकाललाई तत्काल कारबाही गर्नुपर्ने समेत माग गरेका छन् । यदि कारबाही गर्न नसक्ने हो भने तत्काल प्रधानमन्त्रीबाट राजिनामा दिनुपर्ने रावलले अडान नै लिएका छन्।

उक्त समिटमा निमन्त्रणा गरिएको भएपनि नेकपाका प्रायः सबै शीर्ष नेताहरुले सहभागिता जनाएनन् । अध्यक्ष प्रचण्डसमेत गएनन् । समापन समारोहमा प्रचण्डलाई मुख्य अतिथि बनाईएको थियो। तर पनि प्रचण्ड विरामी भएको बहाना बनाएर समिटमा समावेश भएनन्।

पार्टीकै बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधव नेपालको जालमा परेर फसेको भन्नेहरुपनि पार्टीभित्रै ठूलो आवाज छ । माधव नेपालले समिटको चेयर नै गरेका थिए । उनको अहिले चौतर्फी विरोध भैरहेको छन् । तर एक टेलिभिजन अन्तवार्तामा समिटको विरुद्धमा लाग्नेहरुलाई सिध्याईदिने चेतावनी दिएका छन् । उनले एकनाथ ढकालको पनि खुलेर प्रशंसा गरेका छन् ।

  • 8
    Shares