You are here
Home > प्रशासन > कर्मचारी समायोजन अध्यादेश स्वीकृत , १ लाख ९ हजार कर्मचारीको समायोजन प्रक्रिया शुरू

कर्मचारी समायोजन अध्यादेश स्वीकृत , १ लाख ९ हजार कर्मचारीको समायोजन प्रक्रिया शुरू

१८ मंसिर २०७५, मंगलवार १५:४१

काठमाडौं-सरकारले कर्मचारी अध्यादेश स्वीकृत गरेको छ ।सरकारले संघीयता कार्यान्वयनको महत्वपुर्ण र पेचिलो विषयको रुपमा रहेको बहुप्रतिक्षित कर्मचारी समायोजन अध्यादेश स्वीकृत गरेको हो ।

अध्यादेश स्वीकृत गर्दै प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाउने निर्णय गरेको छ । सरकारको यो निर्णय सँगै अब निजामती सेवामा रहेका ८९ हजार ३९ र स्थानीय तहमा रहेका २० हजार गरि १ लाख ९ हजार कर्मचारीको समायोजन प्रक्रिया शुरु हुने छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा भएको जलवायू सम्वन्धि अन्तर्रा्ष्ट्रिय सम्मेलनमा भाग लिई बुधवार नेपाल फर्केलगत्तै सो अध्यादेश प्रमाणीकरण हुनेछ ।

अध्यादेश प्रमाणीकरण भएर राजपत्रमा सूचना प्रकाशन भएकै दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन प्रक्रिया थाल्ने जनाएको छ । समायोजन गर्दा ३५ दिन भित्र समायोजन भएको ठाउँमा नजाने कर्मचारीलाई सरकारले अवकाश दिने छ ।

  • 4
    Shares