You are here
Home > राजनीति > अपराधीलाई कानुनी कारवाही नगरेसम्म समृद्ध नेपाल बन्दैनः अध्यक्ष प्रचण्ड

अपराधीलाई कानुनी कारवाही नगरेसम्म समृद्ध नेपाल बन्दैनः अध्यक्ष प्रचण्ड

१८ मंसिर २०७५, मंगलवार १८:१६

काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अपराधीलाई कानुनी कार्वाही नगरेसम्म समृद्ध नेपाल बन्न नसक्ने बताएका छन् ।

यही मंसिर ८ गते गोली हानी हत्या गरिएका प्रदेश सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका दिपेन्द्र चौधरी ‘राजाबाबु’ को शोकसभामा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

ठूल्ठूला युद्ध र लडाइहरु पनि शान्तिपूर्ण ढंगले संवाद र सहमतिका माध्यमबाट हल भएको उल्लेख गर्दै अपराधका घटनालाई संवादको तरिकाबाट होइन, कार्वाहीको तरिकाबाट मात्रै समाधान गर्न सकिने अध्यक्ष प्रचण्डले बताए ।

अध्यक्ष प्रचण्डले कपिलवस्तुमा पुस्तैनी झगडा हुने र एउटा चरणमा हत्या प्रतिहत्याको श्रृंखला शुरु भएको इतिहासमा देखिएकाले दीपेन्द्रको हत्या त्यही त हैन भन्ने पनि शंका गरिएको बताए ।

उनले भने, ‘कतिपय अवस्थामा समुदायका बीचमा पुस्तैनी झगडा हुने र एउटा चरणमा हत्या प्रतिहत्याको श्रृंखला शुरु भएको इतिहासमा देखिन्छ । ’

  • 4
    Shares