You are here
Home > समाचार > सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

१९ मंसिर २०७५, बुधबार १२:११

भोजपुर-नेपाली सेनाले टेम्केमैयुङ गाउँपालिका–७ कोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

असहाय र अशक्त नागरिकको सेवा गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको रणबम गणका गणपति प्रविनराज घिमिरेले बताए। पूर्वी पृतना फिल्ड अस्पताल, रणबम गण र जिल्ला अस्पतालको संयुक्त आयोजनामा मङ्गलबार सञ्चालन गरिएको उक्त शिविरमा ३७० जनाको उपचार गरिएको छ। सेनाले गाउँमै शिविर सञ्चालन गरेकामा स्थानीयवासीले खुसी व्यक्त गरेका छन्।

स्थानीय कुलबहादुर गिरीले भने, “आँखा तथा अन्य रोग उपचारका लागि अन्यत्र जानुपर्ने अवस्था थियो। सेनाको शिविरमार्फत गाउँमै सेवा पायौँ।” शिविरमा स्त्रीरोग, नाक, कान, आँखा, घाटीलगायत रोगको उपचार गरिएको थियो। शिविरमार्फत टेम्केमैयुङ गाउँपालिका– ५, ६, ७, ८ र ९ का स्थानीयवासीले सेवा लिएका छन्।

डा.पवित्रा श्रेष्ठ, डा.राम श्रेष्ठलगायत चिकित्सकले बिरामीको उपचार गरेका थिए। बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो।

  • 1
    Share