You are here
Home > प्रशासन > ३३ क्वीन्टल सुन प्रकरणः सई बालकृष्ण सञ्जेललाई पनि छाड्न आदेश

३३ क्वीन्टल सुन प्रकरणः सई बालकृष्ण सञ्जेललाई पनि छाड्न आदेश

२० मंसिर २०७५, बिहीबार २०:०८

विराटनगर-करिब ३८ क्वीन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मुछिएका निलविम्त सई बालकृष्ण सञ्जेललाई उच्च अदालत विराटनगरले साधारण तारेखमा छाड्न बिहीबार आदेश दिएको छ ।

न्यायाधीश थिरबहादुर कार्की र जनक पाण्डेको इजलासले जिल्ला अदालत मोरङको आदेश बदर गर्दै साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

जिल्ला अदालत मोरङले गत जेठ ८ गते पूर्पक्षकालागि थुनामा राख्ने आदेश दिएपछि थुनामा रहेका सञ्जेलले गत साउन ६ गते जिल्लाको आदेश बदर गरेर आफूलाई साधारण तारेखमा छाड्नु पर्ने माग गर्दै उच्च अदालत विराटनगरमा अदालती बन्दोबस्तीको १७ नम्बर निवेदन दिएका थिए ।

२६ पटक पेसी चढेको मुद्दा १८ पटक स्थगित गरेर बिहिवार साधारण तारेखमा छाड्ने आदेश दिएको हो ।

उच्च अदालतले जिल्लाको आदेश बेरितको भएको ठहर गर्दै साधारण तारेखमा छाडेर मुद्दाको अनुसन्धान अघि बढाउन आदेश भएको उच्च अदालत विराटनगरका रजिस्टार नारायण रेग्मीले जानकारी दिए ।

रेग्मीका अनुसार बिहीबार नै सुन तस्करी प्रकरणका अर्का अभियुक्त आरके भनिने राजेन्द्रकुमार शाक्यको आदेशको मिसिल झिकाउन आदेश दिएको छ ।

थुनामा रहेका प्रहरीका उच्च अधिकारीहरु पूर्व डीआइजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकाशराज खनाल र डीएसपी प्रजित केसीलाई उच्च अदालतले यस अघि नै साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।

  • 2
    Shares