You are here
Home > प्रशासन > अख्तियारद्धारा डिएसपीविरुद्ध मुद्धा दायर

अख्तियारद्धारा डिएसपीविरुद्ध मुद्धा दायर

२१ मंसिर २०७५, शुक्रबार १३:११

काठमाडौं-काठ तस्करीको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिएसपीविरुद्ध मुद्दा दायर गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल अरूण गुल्म चैनपुर संखुवासभाका तत्कालिन इन्चार्ज सशस्त्र प्रहरी नायव उपरीक्षक रामप्रसाद भण्डारीविरुद्ध मुद्दा दायर गरेको हो ।

उनले बिना इजाजत सरकारी सवारी साधनको प्रयोग गरी अन्दाजी १०० क्यु.फिट बराबरको १८४ थान सालको चिरान काठ संखुवासभा जिल्लाको चैनपुरबाट धरानरइटहरीतर्फ ओसारपसार गरेको आयोगको भनाई छ ।

आहाले सिस्ने सल्लेरी सामुदायिक वन उपभोक्ता समितिले गुल्म परिसर भित्र भौतिक संरचना निर्माण गर्नका लागि ५० क्यु.फिट सखुवा काठ उपलब्ध गराउने भने तापनि निज रामप्रसाद भण्डारीले गुल्म परिसर भित्र नयाँ भौतिक संरचना तथा फर्निचरहरू निर्माण कार्य सुरु नगरी ९२.९८ क्यु.फिट जम्मा मूल्य १,०४,१३६० बराबरको सालको चिरान काठ बिना इजाजत सरकारी सवारी साधनको दुरुपयोग गरी संखुवासभा जिल्लाको चैनपुरबाट धरानरईटहरीतर्फ ओसारपसार गरी उक्त सरकारी सम्पत्तिको वदनियतसाथ हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै उनलाई मुद्दा चलाइएको हो।

  • 14
    Shares