You are here
Home > समाचार > मन्त्रालयको एक्सन पछि राजदूत शेर्पा नेपाल फर्किइन्

मन्त्रालयको एक्सन पछि राजदूत शेर्पा नेपाल फर्किइन्

२२ मंसिर २०७५, शनिबार ११:२६

काठमाडौं –अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा परराष्ट्र मन्त्रालयले सोधपुछका लागि बोलाएपछि शनिबार काठमाडौंतर्फ लागेकी छिन् ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पामाथि उनकै चालक वाड्चु शेर्पाले मानव तस्करीको आरोप लगाएपछि अचानक विवादमा परेकी थिइन् । त्यसपछि मन्त्रालयले शेर्पाका विषयमा लागेको आरोपमाथि सत्यतथ्य बुझ्न मन्त्रालयले उनलाई काठमाडौं बोलाएको हो ।

छोटो समयमा कुतनीतिक मर्यादाभित्र शान र मान कमाउन सफल राजदूत शेर्पामाथि आफ्नै कामदारले यसरी पैसाको आरोप लगाउँदै सञ्चार माध्यममा सार्वजनिक अभिव्यक्ति दिएपछि यो विषय निकै गम्भीर बनेको हो ।

मोटो रकम असुलेर कामदारका रूपमा आफूलाई अस्ट्रेलिया ल्याएको र श्रीमतीलाईसमेत यता ल्याउन थप पैसा मागेका उनका पूर्वचालक वाड्चु शेर्पाले आरोप लगाउँदै आएका छन् ।

आमा क्यान्सरले गुमाएको र अहिले श्रीमतीलाई समेत जेल हालेर मार्न खोजेपछि बाध्य भएर आफू मिडियामा सार्वजनिक हुनुपरेको वाड्चु शेर्पाले बताएका छन् ।

  • 2
    Shares