You are here
Home > समाचार > थानकोटमा लागुऔषध सहित दुई जना पक्राउ

थानकोटमा लागुऔषध सहित दुई जना पक्राउ

२२ मंसिर २०७५, शनिबार १५:१८

 काठमाडौं- महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।

काठमाणडौ चन्द्रागिरी नगरपालीका २ नागढुङ्गा चेकपोष्टमा चेकजाँच गर्ने क्रममा धनगडीबाट आज बिहान काठमाण्डौ आउदै गरेको ना ५ ख ९४०६ नम्बरको बसमा सवार कैलाली गोदावरी नगरपालीका २ घर भएका वर्ष १८ को राजन खनालले लुकाई छिपाई ल्याएको नाईट्रोभेट ट्यावलेट ३०० थान बरामद गरेको छ ।

प्रहरीले उक्त ट्यावलेट सहित खनाललाई नियन्त्रणमा लिई अनुसन्धान गरीरहेको छ ।साथै झापाबाट काठमाण्डौ आउदै गरेको ना ५ ख ४९७२ नम्बरको बसमा सवार झापा दमक उपमहानगरपालीका ५ बस्ने वर्ष २१ को साजन भुजेलले लुकाई छिपाई ल्याएको डाईजापाम ३१ एम्पुल, फेनारगन ३० एम्पुल र लुफेजेसिक २९ एम्पुल बरामद गरेको छ । लागुऔषध सहित निज भुजेललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

  • 2
    Shares