You are here
Home > मनोरञ्जन > श्रृङ्खला खतिवडाको विश्व सुन्दरी बन्ने यात्रा टुंगियो

श्रृङ्खला खतिवडाको विश्व सुन्दरी बन्ने यात्रा टुंगियो

२२ मंसिर २०७५, शनिबार १९:५१

 काठमाडौँ– मिस नेपाल श्रृङ्खला खतिवडाको विश्व सुन्दरी बन्ने यात्रामा पूर्ण विराम लागेको छ । उत्कृष्ट पाँचमा छानिन नसक्दा उनी उत्कृष्ट १२ बाटै बाहिरिइन । चीनमा भइरहेको मिस वर्ल्ड २०१८ को अर्को उपाधि मिस वर्ल्ड एसियाज २०१८ मा छानिन नसक्दा अन्तिम १२ बाट अगाडि बढ्न सकिनन् ।

अन्तिम ५ मा पर्नका लागि मिस वर्ल्ड एसिया एण्ड ओसियानिया २०१८ को उपाधि जित्नु जरुरी थियो तर त्यो उपाधि थाइल्याण्डले जितेसँगै नेपाल तथा श्रृङ्खलाको उपाधि यात्रामा विराम लागेको हो । अन्तिम ५ मा थाइल्याण्ड, युगाण्डा, मेक्सिको, बेलारुस र जमैका छानिएका थिए ।

  • 1
    Share