You are here
Home > मनोरञ्जन > मेक्सिकोकी सुन्दरी भेनेसालार्इ मिस वर्ल्डको उपाधि

मेक्सिकोकी सुन्दरी भेनेसालार्इ मिस वर्ल्डको उपाधि

२२ मंसिर २०७५, शनिबार २०:०७

काठमाडौं- २०१८ को मिस वर्ल्डको ताज भने मेक्सिकोकी सुन्दरी भेनेसा डिसियानले पहिरेकी छन्। प्रतिस्पर्धी ११८ देशका सुन्दरीहरुलाई पछि पार्दै २६ वर्षीय भेनेसाले विश्व सुन्दरीको उपाधि चुम्न सफल भएकी हुन्।

उनलाई गत वर्षकी भारतकी विश्व सुन्दरी मानुषी छिल्लरले ताज पहिर्‍याएकी हुन्। मिस इन्टरनेसनलको उपाधि भने मिस थाइल्याण्ड निकोनेले निस्नुकान जितेकी छन्।

  • 3
    Shares