You are here
Home > समाचार > दुई डीआईजीको काज सरुवा, विमानस्थलमा अब एसएसपीको कमाण्ड

दुई डीआईजीको काज सरुवा, विमानस्थलमा अब एसएसपीको कमाण्ड

२४ मंसिर २०७५, सोमबार ११:४५

काठमाडौं- प्रहरी प्रधान कार्यालयले दुई जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) हरुको काज सरुवा गरेको छ । महानगरीय प्रहरी अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत डीआईजी शेरबहादुर बस्नेत राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सरुवा भएका छन् ।

राष्ट्रिय सुरक्षा परिषद्मा कार्यरत सूर्य उपाध्यायलाई प्रहरी महानिरीक्षक मातहत रहेको अन्वेषण योजन तथा विकास निर्देशनालयमा काज सरुवा गरिएको प्रहरी प्रवक्ता उत्तम सुवेदीले जानकारी दिए ।

विमानस्थलका डीआईजी बस्नेतको सरुवा भएसँगै अब अन्तर्राष्ट्रिय विमास्थलको कमाण्ड प्रहरी बरिष्ठ उपरिक्षक देवबहादुर बोगटीले सम्हाल्ने भएका छन् ।

 

  • 5
    Shares