You are here
Home > समाचार > राप्रपाका मुस्लिम नेता सलिम खानको निधन

राप्रपाका मुस्लिम नेता सलिम खानको निधन

२४ मंसिर २०७५, सोमबार १२:३०
काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं मुस्लिम नेता सलिम खान गौसको निधन भएको छ । खानको ह्रदयघातका कारण गएराति निधन भएको हो । उनी राप्रपाको संस्थापक सदस्य समेत हुन् । तत्कालीन राप्रपा नेपालले हिन्दु राष्ट्र पुनःस्थापनाको लागि गरेको चरणबद्ध आन्दोलनमा समेत उनको सक्रियता रहेको थियो । राप्रपाको मुस्लिम संगठनका पूर्व अध्यक्ष र सल्लाहकार समेत रहेका खानको पार्थिव शरीरलाई उनकै निवास बालाजुमा राखिएको छ । राप्रपा नेता, प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले पार्टीको झण्डा ओढाएरश्रद्धाञ्जली अर्पण गरेका छन् । खानको आज मुस्लिम परम्परा अनुसार स्वयम्भू मस्जिद परिसरमा अन्तेष्टि गरिनेछ । नेता खानका १ श्रीमती र १ छोरी छन् ।
  • 5
    Shares