You are here
Home > समाचार > निर्मला बलात्कार र हत्याको अनुसन्धान साँघुरिएको छः महानिरीक्षक

निर्मला बलात्कार र हत्याको अनुसन्धान साँघुरिएको छः महानिरीक्षक

२४ मंसिर २०७५, सोमबार १२:४२

काठमाडौं,२४ मंसिर- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्याको घटना अनुसन्धान साँघुरिएको बताएका छन्।

संसदको दीगो विकास तथा सुशासन समितिमा उपस्थित उनले छिटै परिणाम आउने विश्वास व्यक्त गरे। घटनाको अनुसन्धान साँघुरिएको छ। केही समयभित्रै परिणाम आउला उनले भने।

निर्मला प्रकरणमा दोषीको खोजी गरिरहेको प्रहरीले पछिल्लो समय प्रदिप रावल, बिशाल चौधरी र दिनेश चौधरीलार्इ नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। उनीहरूको डिएनए टेस्ट समेत गरिसकिएको छ। प्रहरी हिरासतमा रहेका उनीहरूसँग केही अघि महानिरीक्षक खनाल आफैँले बयान लिएको विषय सार्वजनिक भएको थियो।

कञ्चनपुरकी किशोरी निर्मला साउन १० गते बेपत्ता भएकी थिइन्।

  • 3
    Shares