You are here
Home > समाचार > विमानस्थलको सुरक्षाको जिम्मा सशस्त्रलाई दिनुपर्ने प्रस्ताव

विमानस्थलको सुरक्षाको जिम्मा सशस्त्रलाई दिनुपर्ने प्रस्ताव

२५ मंसिर २०७५, मंगलवार ११:४७

काठमाडौं-सशस्त्र प्रहरी बलले पनि विमास्थलको सुरक्षा जिम्मा आफूलाई दिनुपर्ने प्रस्ताव अघि सारेको छ। सशस्त्र प्रहरी ऐनमा महत्वपूर्ण सरकारी कार्यालयको सुरक्षाको जिम्मेवारी आफूहरुलाई दिनसक्ने प्रावधान रहेकाले विमानस्थलमा अर्धसैन्य सुरक्षा बल उचित हुने राय दिएर लबिङ गरिरहेको स्रोतले बतायो। भारत लगायत देशको उदारण दिएर सशस्त्रले लामो समयदेखि यस्तो लबिङ गर्दै आएको हो।

सुन तस्करीका कारण बदनाम विमानस्थलमा रहस्यमय रुपमा प्रहरी इन्चार्जको छोटो अवधिमा सरुवा हुन थालेको छ । तत्कालीन डिआईजीलाई केही महिनामै हटाएर शेरबहादुर बस्नेतलाई खटाएकोमा उनलाई पनि एक महिनामै सरुवा गरिएको छ।

विमानस्थलमा सुधार अघि बढाएका बस्नेतलाई सरुवाको कारण चाहिँ सिनियारिटीको समस्या हो ।
सरकारले हालै विमानस्थललाई प्रहरी मुख्यालय मातहत राख्ने निर्णय गरेको थियो । तर, आइजीपी सर्वेन्द्र खनालले महानगरीय प्रहरी मातहत राख्ने निर्णय गरे । महानगरीय प्रहरीको प्रमुखमा हालै डिआइजी भएका शैलेश थापा क्षेत्री इन्चार्ज छन् । जबकि विमानस्थलका डिआइजी बस्नेत आइजीपी खनालकै ब्याचमेट हुन् ।

आफूभन्दा जुनियरलाई रिपोर्टिङ गर्नुपर्ने भएपछि बस्नेतले सरुवा मागेर सुरक्षा परिषद्को सचिवालय गएका छन् । उनको सरुवापछि विवादास्पद एसएसपी देवबहादुर बोगटी विमानस्थल प्रहरीको प्रमुख भएका छन् । यसले फेरि पनि विमानस्थलमा तस्करीको लाइन खुल्ने जोखिम बढेको छ ।

  • 2.4K
    Shares