You are here
Home > अर्थ/बजार > धितोपत्र बजार सुधारको माग राख्दै स्टकमा धर्ना

धितोपत्र बजार सुधारको माग राख्दै स्टकमा धर्ना

२५ मंसिर २०७५, मंगलवार १५:२८
काठमाडौं-धितोपत्र बजार सुधारको माग राख्दै अनशनमा बसेका लगानीकर्ताले मंगलबार पनि नेपाल स्टक एक्सचेञ्जको कार्यालयमा धर्ना दिएका छन् । धर्नालाई नेपाली काङ्ग्रेसका नेता रामहरि खतिवडाले ऐक्यबद्धता जनाउनु भएको छ । शेयर बजार सुधारको यात्रामा आफ्नो साथ रहेको भन्दै उनले लगानीकर्तालाई विश्वासमा लिएर बजार विस्तार गर्नुपर्ने बताए । उनले मुलुकको आर्थिक अवस्थाको प्रतिविम्बका रूपमा रहेको शेयर बजारलाई व्यवस्थित बनाउन सरकारले विशेष पहल गर्नुपर्ने सुझाव दिए । लगानीकर्ताले मंगलबार तेस्रो दिन पनि अनशन जारी राखेका हुन् । सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ । सो कार्यदलले काम शुरु गरिसकेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले यही मङ्सिर २० गते उक्त कार्यदल गठन गरेका हुन् । कार्यदलको पहिलो बैठक यही मङ्सिर २३ गते बसेको थियो । बैठक पुनः मंगलबार बस्ने कार्यसूची रहेको छ । अर्थ मन्त्रालयले कार्यदललाई सात दिनभित्र सुझाव दिन समयावधि तोकेको छ ।
  • 16
    Shares