You are here
Home > समाचार > सेनाको साँढे दुई अर्बको ठेक्का शक्तिशाली ठेकेदार लोकेन्द्रले सेटिंग मिलाएर लिए

सेनाको साँढे दुई अर्बको ठेक्का शक्तिशाली ठेकेदार लोकेन्द्रले सेटिंग मिलाएर लिए

२७ मंसिर २०७५, बिहीबार २१:२६

काठमाडौं- राजतन्त्रको समयमा भरतकेशर सिंह शक्तिशाली थिए ।  सेनाका लागि आवश्यक लत्ताकपडा, बन्दोबस्तीका सामान सप्लाई गर्ने उनका छोराहरु अभय सिंह र अजय सिंहको कम्पनीमा कारिन्दाको रुपमा काम गर्दथे । तिनै सिंहरुको स्टाफ रहेका लोकेन्द्र  कार्की राजनीतिक दलका सत्तासीन नेताहरुसंग र नेपाली सेनाभित्र सेटिङ्ग  मिलाएर आफैं सेनाको सप्लायर्स बन्न सफल भए ।

सेनाका लागि आवश्यक सामग्री सप्लाई गर्ने अवसर पाएपछि लोकेन्द्र  कार्की छोटो समयमै ठूलो ठेकेदार बनेर मालामाल भए । सेनाका जर्नेल/कर्णेल र रानी सा’बहरुलाई हात लिएर अर्बपति बन्न सफल ठेकेदार कार्की प्रधानसेनापति गौरब शम्सेर राणाको पालामा ठूलो काम नपाएपछि आउट नै भए ।

नेपाल आर्मीभित्र लोकेन्द्र कार्कीले गर्दै आएको सप्लाईको गणेश श्रेष्ठले हात पारेर उनी पनि चीफ गौरब शम्सेरको पालामा मालामाल बन्न सफल भए । गौरब शम्सेर चीफबाट अवकास भएपछि आभोलि फेरि लोकेन्द्र कार्कीको दिन फर्किएको चर्चा नेपाली सेनाभित्र सुरु भएको छ ।

राजेन्द्र क्षत्री चीफ भएपछि नेपाली सेनाभित्र पुन : हावी भएका लोकेन्द्र कार्कीले चीफका छोरा अभिषेक क्षेत्रीलाई पार्टनर बनाएर सेनाभित्रको ठूलठूला सप्लाईमा ३ वर्ष रमाउनु रमाए । स्वच्छ, स्वस्थ प्रतिस्पर्धालाई मात्र स्थान दिने र दवाव सोर्सफोर्सलाई कुनै पनि स्थान नदिने नारा बोकेका प्रधानसेनापति पूर्णचन्द्र थापाको हनीमुन पेरियड(९० दिन) मै तिनै लोकेन्द्र कार्की आजभोलि फेरि सेनाभित्र अर्बौंको सप्लाई गर्नका लागि सक्रिय भएको खबर छ ।

राजनीतिक दलको शक्ति केन्द्र, सत्तारुढ दलका नेताहरु र सेनाभित्र समेत सेटि¨ मिलाएर गोली गठ्ठा बनाउने(उत्पादन गर्ने) मिशिन(प्लाण्ट) सप्लाई गर्नका लागि केपी ओली सरकारबाट २ अर्ब पचास करोडको बजेट स्वीकृत गराउन सफल भएको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।

स्रोतका अनुसार, नेपाली सेनाका लागि आवश्यक गोलीगठ्ठा उत्पादन गर्ने सुन्दरी जल आर्सनालय कारखानाका लागि(प्लाण्ट) खडा गर्ने मिशिन पनि उत्पादक कम्पनीबाट खरिद नगरेर कोरियन पुंसाङ्ग  कर्पोरेशन(Poongsang Corporation)बाट गरिदैछ । यो कम्पनी प्लाण्ट उत्पादक कम्पनी पनि होइन ।

सो कम्पनीको वेभ साइटमा उल्लेख भए अनुसार,Defense products include: military ammunition (small arms, antiaircraft guns, mid-to large-size weaponry) various sporting ammunition, propellant powder, ammunition parts & precision forging products मात्रै उत्पादन गर्ने गर्दछ ।

गोलीगठ्ठाहरु मात्र उत्पादन गर्नेे यही कम्पनीसंगको सेटिङ्गका आधारमा  ठेकेदार/सप्लायर्स लोकेन्द्र कार्कीले आर्मी र त्योभन्दा माथिसम्म पनि शक्तिको प्रयोग गरेर गोलीगठ्ठाहरु उत्पादन प्लाण्ट सप्लाई गर्न लागेको स्रोतले बताएको छ ।

नेपाली सेनाका रैथाने ठेकेदार लोकेन्द्र कार्की २०७५ मंसिर २१ गते दुई जना सिनियर उपरथीलाई उछिन्दै रथीका लागि सिफारिस भएका सैनिक कमाण्ड तथा स्टाफ कलेज नम्बर १३०० का उपरथी शरद कुमार गिरीका प्रिय पात्र हुन् ।  साँघु साप्ताहिक

  • 2
    Shares