You are here
Home > समाचार > सेती अञ्चल अस्पतालको सेवा प्रभावकारी नभएको राष्ट्रिय मानव अधिकार आयोगको ठहर

सेती अञ्चल अस्पतालको सेवा प्रभावकारी नभएको राष्ट्रिय मानव अधिकार आयोगको ठहर

२८ मंसिर २०७५, शुक्रबार १२:५९

काठमाडौं-राष्ट्रिय मानव अधिकार आयोगले सेती अञ्चल अस्पतालको सेवा प्रवाह प्रभावकारी नभएको ठहर गरेको छ । प्रदेशको एक मात्र रिफरल अञ्चल अस्पतालबाट भइरहेको सेवा प्रवाहका बिषयमा राष्ट्रिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बधवार अनुगमन गरेर सो निष्कर्ष निकालेका हुन् ।

सेती अञ्चल अस्पतालको स्वस्थ्य सेवा प्रभावकारी नहुँदा प्रदेशको ठूलो जनसंख्या उपचारका लागि प्रदेश बाहिर वा भारतमा जाने गरेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयको तथ्यांक छ । राष्ट्रिय मानव अधिकार आयोगले अञ्चल अस्पतालको अनुगमन गरि मानव अधिकारका दृष्टिकोणबाट समेत अञ्चल अस्पतालको सेवा प्रभावकारी नभएको ठहर गरेको हो ।

जसले गर्दा संविधान प्रदत्त अधिकारबाट समेत प्रदेशका बासिन्दाले बञ्चित हुनुपरेको आयोगका सुदूरपश्चिम प्रदेश प्रमुख झंकर बहादुर रावलले बताए । राष्ट्रिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले संयुक्त अनुगमन गरेको थिए।

पछिल्लो चार महिनामा मात्रै अञ्चल अस्पतालमा ६६ नवजात शिशुको मृत्यु भएको प्रति समेत राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गरेको छ । अनुगमनका क्रममा अस्पतालको स्वास्थ्य सेवा प्रभावकारी नभेटिएकाले सरोकारवाला सबैले यसको स्तरोन्नतीमा चासो दिनुपर्ने अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० का सुदूर पश्चिम प्रमुख खडकराज जोशीको भनाइ छ ।

तर सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर हेमराज पाण्डेले भने अस्पतालमा थुपै्र समस्या रहेकाले ती समस्या समाधानका लागि कतैबाट पहल नभएर सेवा प्रवाहमा समस्या आइरहेको बताए । अस्पतालमा सिमित नर्स र १२ जना विशेषज्ञ डाक्टरको अभावमा काम गर्नुपरेको उनको भनाई छ ।

चार महिनामा ६६ नवजात शिशुको मृत्यु भएको बिषयमा पनि उनले अस्पतालको लापरवाही नरहेको दाबी गरे ।

  • 1
    Share