You are here
Home > खेलकुद > आइजिपी कपको उपाधि सैनिक विद्यालयलाई

आइजिपी कपको उपाधि सैनिक विद्यालयलाई

२८ मंसिर २०७५, शुक्रबार १४:४२

काठमाडौं-नेपाल प्रहरी स्कुल साँगा काभ्रेको आयोजनामा २६ औ अन्तरस्कुल आईजिपी फुटबल रनिङ्ग ट्रफि कपको उपाधी सैनिक विद्यालय भक्तपुरले हात पारेको छ ।आयोजक विद्यालय नेपाल प्रहरी विद्यालय साँगालाई ४–२ ले हराउँदै सैनिक विद्यालय विजयी भएको हो ।

लगातार दुईपटक रनिङ्ग कपको उपाधी हात पारेको नेपाल प्रहरी स्कूल साँगालाई हराउँदै उक्त सैनिक विद्यालयले उपाधी हात पारेको थियो । तेश्रो पटक आयोजक विद्यालयले विजयी हासिल गरेको भए रनिङ्ग ट्रफि कब्जामा पार्ने थियो ।

उक्त म्याचमा सैनिक विद्यालयका उत्तम शाही म्यान अफ म्याच घोषित भए भने बेस्ट गोल्किपर रोहित रानामगर र हास्कोर सैनिक विद्यालयकै विशाल आले मगरले हात पारे । इमरजिङ्ग प्लेयर निर्जल खरेल प्रहरी विद्यालयका भए भने म्यान अफ द सिरिजको उपाधी प्रहरी स्कुलकै शेखर राना मगरले प्राप्त गरे ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । यस्तै दोश्रो हुने टिमले नगद २० हजार र तेश्रो हुने टिम आयोजक विद्यालयको समुह वि ले नगद १० हजार रुपैया प्राप्त गरेको छ । मल्पी इन्टरनेशनल विद्यालयलाई हराउँदै आयोजक वि समुह तेश्रो भएको थियो । विजयी टिमलाई आइजिपी सर्बेन्द्र खनालले पुरस्कार वितरण गर्नुभएको थियो ।

समादेशक डिएसपी श्याम अधिकारीले खेल र खेलाडीको महत्वका बारेमा जानकारी गराउँदै विकास, सम्वृद्धी र अनुशासन कायम गर्न खेलले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

प्रहरी स्कुलले फुटबल तथा अन्य प्रतियोगितामार्फत विद्यार्थीको क्षमता र प्रतिभा प्रस्फुटन गरेको उहाँले बताउनुभयो । प्रतियोगितामा नेपाल प्रहरी स्कुल साँगा ए, धुलिखेल हाई स्कुल, बेलर इन्टर नेशनल स्कुल, नेपाल सैनिक विद्यालय, नेपाल प्रहरी सामाखुशी, ग्रेसल्याण्ड स्कुल, मल्पि स्कुल, रामभक्त, नाईटिङ्गेल स्कुल, नेपाल प्रहरी वि, एसओएस बालग्राम, एसएस एकेडेमी लगायतका विद्यालयले भाग लिएका थिए ।

  • 4
    Shares