You are here
Home > समाचार > नक्कली नागरिकता बनाउने कार्यमा संलग्न थप तीन जना पक्राउ

नक्कली नागरिकता बनाउने कार्यमा संलग्न थप तीन जना पक्राउ

२ पुष २०७५, सोमबार १२:५७

जनकपुर–जनकपुरमा नक्कली नेपाली नागरिकता बनाउने कार्यमा संलग्न रहेको आरोपमा थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नक्कली नागरिकता र पासपोर्ट बनाउने कार्यमा संलग्न रहेको आरोपमा जिल्ला प्रशासन कार्यालय धनुषाका एक कर्मचारी सहित ४ जना पक्राउ परेको दुई दिनपछि थप ३ जना पनि पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयका नासु भोला मण्डल, कार्यालय सहयोगी अरुण कुमार यादव र कार्यालय सहयोगी विरेन्द्र चौधरी रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

यसअघि गत शुक्रवार नक्कली नागरिकता बनाउने गिरोहका चारजना मध्ये जिल्ला प्रशासन कार्यालयकै कार्यालय सहयोगी महाविर मण्डल समेत रहेका थिए ।

  • 2
    Shares