You are here
Home > समाचार > सशस्त्र प्रहरी सीमाका रक्षकः गृहमन्त्री थापा

सशस्त्र प्रहरी सीमाका रक्षकः गृहमन्त्री थापा

२ पुष २०७५, सोमबार १४:४२

काठमाडौं-गृहमन्त्री रामबहादुर थापा (बादल)ले सशस्त्र प्रहरी बल मुलुकको प्रमुख सुरक्षा शक्ति रहेको बताएका छन् । गृहमन्त्री थापाले सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, विपद् व्यवस्थापन, राजस्व चुहावट नियन्त्रण लगायत क्षेत्रमा सशस्त्र प्रहरीको योगदान उच्च रहेको प्रशंसा गरे।

सशस्त्र प्रहरी मातहत देशभर तैनाथ युनिट प्रमुख हरुको पहिलो सम्मेलन ‘इकाई प्रमुख सम्मेलन–२०७५’ लाई सम्बोधन गर्दै थापाले आफूले पाएको जिम्मेवारीलाई आगामी दिनमा पनि प्रभावकारी रुपमा निर्वाह गर्न निर्देशन दिए ।

सशस्त्र प्रहरी छोटो समयमै महत्वपूर्ण सुरक्षा संगठनको रुपमा स्थापित भएको पनि बताए । सम्मेलनमा बोल्दै गृहसचिव प्रेमकुमार राईले सशस्त्र प्रहरीलाई ७७ वटै जिल्लामा विस्तार गरिएको बताए ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी सीमानामा तैनाथ रहेर राष्ट्रियता जगेर्नामा तल्लिन रहेको बताए । राष्ट्रियताको जगेर्ना एवं नागरिकको सेवा, सुरक्षा, सहयोग र उद्धार गर्ने कार्यमा राज्यले सुम्पिएको दायित्व सशस्त्र प्रहरीले पूरा गर्दै आएको स्पष्ट पारे ।

महानिरीक्षक खनालले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता र जनताको सेवामा निःस्वार्थ भएर लाग्श्नुपर्ने भन्दै शून्य सहनशीलताका आधारित सेवा गर्न मातहत अधिकृत तथा जवानहरुलाई निर्देशन दिए ।

  • 639
    Shares