You are here
Home > समाचार > पूर्वप्रधानमन्त्री डा.तुलसी गिरीको ९३ वर्षको उमेरमा निधन

पूर्वप्रधानमन्त्री डा.तुलसी गिरीको ९३ वर्षको उमेरमा निधन

३ पुष २०७५, मंगलवार ११:१९
काठमाडौं-पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको निधन भएको छ । पूर्व प्रधानमन्त्री गिरीको ९३ वर्षको उमेरमा आफ्नो निवासमै मंगलबार बिहान निधन भएको हो । कलेजोको क्यान्सरका बिरामी उनी दुई दिनअघि मात्रै मेडिसिटी अस्पतालबाट ‘डिस्चार्ज’ भएका थिए। उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् । स्व. गिरीकी श्रीमती शाहरा योञ्जन प्राध्यापन र सञ्चार क्षेत्रमा आबद्ध छिन् । गिरी राजाले शासन सत्ता हातमा लिएका बखत पटक पटक प्रधानमन्त्री बनाइएका व्यक्ति हुन् । २०१७ सालमा राजाले जन निर्वाचित संसद र सरकारलाई भङ्ग गरी पञ्चायती व्यवस्था लादेपछि यिनी फर्स्ट मिनिस्टर हुँदै मन्त्रीपरिषदको उपाध्यक्ष बनाइएका थिए । पछि यिनी प्रधानमन्त्री पनि बनाइए। यसअघि उनी नेपाली कांग्रेसको एकमना सरकारमा परराष्ट्र मन्त्री थिए । राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा देशको शासन सत्ता हातमा लिएर प्रत्यक्ष शासन शुरु गरेपछी यिनी पुनः मन्त्रीपरिषदको उपाध्यक्ष बनाइए।
  • 2
    Shares