You are here
Home > समाचार > गस्तीमा रहेको प्रहरी टोलीमाथि आक्रमण ,४ प्रहरी घाइते

गस्तीमा रहेको प्रहरी टोलीमाथि आक्रमण ,४ प्रहरी घाइते

३ पुष २०७५, मंगलवार ११:२५

वीरगञ्ज- पर्साको जगन्नाथपुर गाउँपालिका–१, पाँडेपुरमा तस्करले प्रहरीमाथि आक्रमण गरेर हतियार लगेका छन् । आक्रमणमा ४ प्रहरी घाइते भएका छन् ।

प्रहरी चौकी पिडारीगुठीको गस्तीमा रहेको प्रहरी टोलीमाथि मंगलबार बिहान आक्रमण भएको हो । पर्साका एसपी रेवती ढकालले डिजेल तस्करलाई सोधपुछ गर्दा तस्करको समूह उल्टै प्रहरीमाथि नै आक्रमण गरेको जानकारी दिए ।

आक्रमणमा नेपाल प्रहरीका असई विष्णुदेव यादव, प्रहरी हवल्दार प्रेमबहादुर राना र अर्जुन चौधरी घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ । तस्करले आक्रमण गरेर हतियारसमेत लुटे पनि फिर्ता गर्न प्रहरी सफल भएको एसपी ढकालले जानकारी दिए ।

  • 3
    Shares