You are here
Home > समाचार > निर्मला हत्या प्रकरणः प्रदीप र विशालको डिएनए रिपोर्ट आयो, कञ्चनपुर प्रहरीको रोहबरमा बुधवार खोलिने

निर्मला हत्या प्रकरणः प्रदीप र विशालको डिएनए रिपोर्ट आयो, कञ्चनपुर प्रहरीको रोहबरमा बुधवार खोलिने

३ पुष २०७५, मंगलवार १२:१७

काठमाडौं- कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका २ जनाको डिएनए रिपोर्ट आएको छ ।

उक्त रिपोर्ट आज कञ्चनपुर लगेर त्यहीको प्रहरीको रोहबरमा बुधबार खोलिने जनाइएको छ। घटनामा संलग्नताको शंका गरिएका प्रदीप रावल र विशाल चौधरीको डिएनए प्रोफाइल रिपोर्ट शिलबन्दी गरेर आज कञ्चनपुर पठाउन लागिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीको विधि विज्ञान प्रयोगशाला र नास्टले शुक्रबार दुबै जनाको रिपोर्ट प्रहरी प्रधान कार्यालयमा बुझाएको थियो । प्रहरी प्रधान कार्यालयले आइतबार कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुबेरसिंह कडायतलाई जानकारी गराउँदै रिपोर्ट लिन आधिकारिक ब्यक्ति पठाउन भनेको थियो ।

त्यसै आधारमा कञ्चनपुरबाट आएका एक प्रहरी अधिकृतले सोमबार प्रहरी प्रधान कार्यालयबाट रिपोर्ट बुझेका छन् । कञ्चनपुर प्रहरीले प्रदीप र विशालको डिएनए रिपोर्ट मंगलबार साँझसम्म पुगेमा बुधबार जिल्ला सरकारी वकिल कार्यालयका आधिकारिक व्यक्तिको उपस्थितिमा खोल्ने तयारी गरेको छ ।

निर्मला प्रकरणको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले कञ्चनपुर उल्टाखामकै प्रदीप र विशाललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । ब्युरोले प्रदीपलाई काठमाडौंबाट र विशाललाई कञ्चनपुरबाट नियन्त्रणमा लिएको थियो । दुबै जना दुई सातादेखि प्रहरीको निगरानी र नियन्त्रणमा छन् ।

ब्युरोले प्रदीपलाई मंसिर २० र विशाललाई मंसिर २१ मा नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।
गएको साउन १० गते साथीको घर गएकी निर्मला नफर्किएपछि खोजी तीब्र पारिएको थियो । उनको शव साउन ११ गते बलात्कार गरि हत्या गरिएको अवस्थामा उ