You are here
Home > राजनीति > माइक खोसाखोस भएसँगै कांग्रेस महासमितिको बैठक स्थगित

माइक खोसाखोस भएसँगै कांग्रेस महासमितिको बैठक स्थगित

३ पुष २०७५, मंगलवार १३:४०
काठमाडौं-जिल्ला सभापतिहरुको विरोधका कारण नेपाली कांग्रेस महासमिति बैठक स्थगित भएको छ। महासमिति बैठकमा विधानको मस्यौदा प्रस्तुत नगरेसम्म बैठक सुरु गर्न नदिने अडान जिल्ला सभापतिहरुले राखेपछि मंगलवार बैठक तनावपूर्ण हुन पुग्यो। कांग्रेस सभापति शेरबहादुर देउवाले जिल्ला सभापतिहरुको अडानलाई बेवास्ता गर्दै बैठक सुरु भएको घोषणा गरेपछि जिल्ला सभापतिहरुले मञ्चमा नै उक्लेर हो-हल्ला गरेका थिए। जिल्ला सभापतिहरुले होहल्ला गर्न थालेपछि देउवाले हतार हतार बैठक स्थगित गरेका थिए। सभापति देउवाले बैठक स्थगित भएको घोषणा गरेपछि मञ्चमा उक्लेका जिल्ला सभापति आ-आफ्नो कुरा सुनाइरहँदा नुवाकोटका जिल्ला सभापति जगदिशनरसिंह केसीको माइक प्रकाशसरण महत्तले खोसेका थिए। महतले माइक खोसे लगतै त्यहाँ हात हालाहालको स्थिति सिर्जना भएको थियो। महासमिति बैठकमा हात हालाहालको स्थिति सिर्जना भएपछि सभापति देउवासहित नेताहरु कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा भेला भएर विधान मस्यौदा माथि छलफल गरिहेका छन्।
  • 3
    Shares