You are here
Home > समाचार > सुनसहित विमानस्थलबाट अमित घिसिङ्ग पक्राउ

सुनसहित विमानस्थलबाट अमित घिसिङ्ग पक्राउ

३ पुष २०७५, मंगलवार १४:२३

काठमाडौं –  प्रहरीले  ५१२ ग्राम सुनसहित एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पार्किङ्ग एरियामा चेकजाँच गर्ने क्रममा कतार एयरवेयजको फ्लाईटबाट आएका चितवन, भरतपुर महानगरपालिका २३ बस्ने ३२ बर्षीय अमित घिसिङ्गलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनको साथबाट प्रहरीले सुन जस्तो देखिने ४ थान बिस्कुट र १ थान बाला बरामद गरेको छ ।

यस सम्वन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

  • 9
    Shares