You are here
Home > समाचार > साइबर अपराधका विषयमा विद्यार्थी पढाउँदै प्रहरी

साइबर अपराधका विषयमा विद्यार्थी पढाउँदै प्रहरी

३ पुष २०७५, मंगलवार १५:३२

जाजरकोट- लागुपदार्थ प्रयाग गर्दाको बेफाइदा र साइबर अपराधका विषयमा यहाँका विद्यार्थीलाई पढाउन शुरु गरेको छ।

समाजमा बढ्दै गएको लागुऔषध दुव्र्यसन तथा साइबर अपराध विरुद्ध युवा विद्यार्थीलाई सचेत गराउनका लागि कक्षा शुरु गरिएको जाजरकोटका प्रहरी नायब उपरीक्षक रवीन्द्रबहादुर सिंहले जानकारी दिए।

कक्षा ४ देखि कक्षा १२ सम्मका विद्यार्थीलाई लागुपदार्थबाट हुने हानी र साइबार अपराधबाट हुने बेफाइदाका विषयमा उमेर अनुसारको पाठ्यक्रम बनाइ शिक्षित गराइएको सिंहले जानकारी गराए।

“जिल्लाका सबै विद्यालयमा पुगेर लागुऔषध दुव्र्यसनी, साइबर अपराध, सडक सुरक्षा, सामाजिक सुरक्षा लगायतका विषयमा प्रशिक्षण शुरु गरिएको छ”, उपरीक्षक सिंहले भने, “विद्यार्थीहरुलाई सचेतना जगाउने कार्य जिल्ला प्रहरी कार्यालयका प्रमुख र अधिकृत प्रहरीले सहजीकरण गरिएको छ ।”

समाजमा शान्ति सुरक्षा कायम गर्न, जनतासँग प्रहरीको साझेदारी बढाउन, विभिन्न अपराधका विरुद्ध जनतालाई सचेत बनाउन र युवामा बढ्दै गएको लागुऔषध दुव्र्यसनी तथा प्रविधिको गलत प्रयोगमार्फत बढ्दो साइबर अपराध नियन्त्रणका लागि सचेतनाले ठूलो भूमिका खेल्ने प्रहरी उपरीक्षक सिंंहको भनाइ छ ।

किशोर विद्यार्थीमा बढ्दै गएको प्रविधिको गलत प्रयोग तथा लागुऔषधको दुव्र्यसन र सडक असुरक्षाका कारण समाजमा अपराध र असुरक्षा बढिरहेकोले यसतर्फ सबै सचेत रहनुपर्ने शिव माध्यमिक विद्यालय कालेगाउँका प्रधानाध्यापक तिलकबहादुर खत्रीले बताए।

उनले प्रहरीको यस अभियानले समाजका किशोर तथा युवा उमेरका विद्यार्थीलाई सामाजिक विकृति र अपराधबाट टाढा राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। प्रहरीको यस्तो कार्यक्रमले अपराध न्यूनीकरणमा ठूलो सहयोग पुग्ने त्रिभुवन माध्यमिक विद्यालय कक्षा– ८ की छात्रा लक्ष्मी खत्रीले बताए। उनले भने,“हामीलाई साइबर अपराधका विषयमा खासै जानकारी थिएन्, यो कार्यक्रममा धेरै ज्ञान आर्जन भयो, फेसबुकमा के लेख्ने र के नलेख्ने भन्ने विषयमा पनि थाहा भयो ।”

प्रहरीले स्थानीय सरकारसँग समन्वय गरेर जिल्लाका सबै निजी तथा सामुदायिक विद्यालयमा प्रशिक्षणका कार्यक्रम गरिरहेको उपरीक्षक सिंहले बताए।

दरबन्दी अभावले समस्या उत्पन्न

जिल्ला प्रहरी कार्यालय र यसको मताहातमा रहेका चार ठाउँका प्रहरी कार्यालयमा दरबन्दी अनुसारको प्रहरी प्रमुख नहुँदा काम गर्न समस्या भएको प्रहरी उपरीक्षक सिंहले बताए। दल्ली, बारेकोट र गर्खाकोटमा प्रहरी निरीक्षकको दरबन्दी भए पनि लामो समयदेखि खाली रहेको छ ।

त्यस्तै सदरमुकामस्थित जिल्ला कार्यालयमा समेत एकजना प्रहरी निरीक्षकको दरबन्दी खाली रहेको उनले जानकारी दिए। दरबन्दी अनुसारको अधिकृत नहुँदा दैनिक काम गर्न असहज भएको छ ।

दरबन्दी अनुसारका प्रहरी नहुँदा काम कारवाही अगाडि बढाउन समस्या सिर्जना भएको उनले जानकारी दिए। जिल्लाका सबै ठाउँमा एकै समयमा विद्यार्थीलाई विकृति, विसङ्गतिका विरुद्धमा प्रशिक्षणमुलक कक्षा सञ्चालन गर्न खोजे पनि कर्मचारीको अभावमा ढिला भइरहेको उनको भनाइ छ ।

  • 8
    Shares