You are here
Home > खेलकुद > आरबीबी–एनभिए राष्ट्रिय क्लब लिग भलिबलः आर्मीलाई पराजित गर्दै एपीएफ विजयी

आरबीबी–एनभिए राष्ट्रिय क्लब लिग भलिबलः आर्मीलाई पराजित गर्दै एपीएफ विजयी

३ पुष २०७५, मंगलवार १६:४७
काठमाडौं-पोखरामा जारी चौथो संस्करणको आरबीबी–एनभिए राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगितामा विभागीय टोली एपीएफले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ।एपीएफले पहिलो सेटमा आर्मीलाई २५-२१ अंकले पराजित गर्यो । त्यसपछि आर्मीले एपीएफलाई १८-२५,२५-२१ र २५-२० मा पराजित गरेपनि अन्तिम सेटमा एपीएफले १५-११ मा आर्मीलाई पराजित गरेरै छोड्यो। विभागीय टोलीमा आर्मीलाई बलियोको रुपमा लिए पनि पोखरामा मंगलवार भएको खेलमा भने एपीएफलाई बलियोको रुपमा दर्शकले लिएका छन्। भलिवल प्रतियोगितामा एसियन गेम्समा सहभागि भएका ६ जना खेलाडी हुँदा पनि एपीएफले पराजित गरेको हो।
  • 2
    Shares