You are here
Home > अर्थ/बजार > मेगा बैंकले घोषणा गर्यो ७.८५ प्रतिशत लाभांश

मेगा बैंकले घोषणा गर्यो ७.८५ प्रतिशत लाभांश

४ पुष २०७५, बुधबार १४:३४

काठमाडौं-मेगा बैंक ले गत आर्थिक वर्ष २०७४\७५ को नाफाबाट एक प्रतिशत बोनस सहित ७.८५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको बुधबार बसेको २३७ औं बैठकले १.००२३३ प्रतिशत बोनस शेयर तथा कर प्रयोजन सहित ६.८५ प्रतिशत नगद लाभांश बाँड्ने निर्णय गरेको हो ।

बैंक सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ ।

हाल मेगा बैंकको चुक्ता पूँजी १० अर्ब २८ करोड ५५ लाख २६ हजार ५७८ रुपैयाँ रहेको छ। बैंकले प्रस्ताव गरे अनुसार १० करोड ३० लाख ९४ हजार ८७५ रुपैयाँ ८० पैसा बोनसमा र ७० करोड ४५ लाख ५८ हजार ५७० रुपैयाँ ५९ पैसा नगद लाभांश गरि कूल ८० करोड ७६ लाख ५३ हजार ४४६ रुपैयाँ ३९ पैसा लाभांशमा खर्च गर्नेछ । गत आर्थिक वर्षमा बैंकले एक अर्ब ४ करोड ७१ लाख ३१ हजार रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको थियो ।

अघिल्लो आर्थिक वर्षमा बैंकले १०.७५ प्रतिशत बोनस वितरण गरेको थियो ।

  • 1
    Share