You are here
Home > समाचार > सांकेतिक भाषा प्रयोग गरेर लुट्दै गरेका ७७ जना पाकेटमार पक्राउ

सांकेतिक भाषा प्रयोग गरेर लुट्दै गरेका ७७ जना पाकेटमार पक्राउ

४ पुष २०७५, बुधबार १९:०६

काठमाडौं- काठमाडौंमा यात्रुबहाक बस, माइक्रोदेखी ट्याप्पुसम्म बिभिन्न कोड  भाषा प्रयोग गरी लुटपाट गर्ने गिरोह प्रहरीको फन्दामा परेको छ।

महानगरिय प्रहरी परिसर काठमाडौंले सार्वजानिक सवारी साधनहरुमा पाकेटमारी तथा चोरीका घटनाहरु बढेको सुचनाको आधारमा मंसिर १५ बाट यातायात व्यवसायीहरुसंग सहकार्य गरि ५० जना सादा पोसाकका प्रहरी कर्मचारीहरुलाई सार्वजानिक सवारी साधनमा यात्रा गराएर खटाएको थियो।

सो क्रममा प्रहरीले  विभिन्न स्थानमा  संचालित वस तथा माईक्रोबसमा यात्रा गर्ने यात्रुहरुको साथवाट पकेट तथा झोलामा रहेका नगद, मोवाईल, गरगहना चोर्दा चोर्दे ७७ जना पाकेटमार पक्राउ गर्न सफल भएको  परिसरका प्रवक्ता डिएसपी होविन्द्र वोगटीले वताए।

उनीहरुले पकेटमारी गर्दा एक अर्कामा सांकेतिक भाषा प्रयोग गर्ने गरेको खुलेको छ ।
 

पाकेटमारले प्रयोग गर्ने सांकेतिक भाषा :- ( पैसा – द , मोवाईल – कान, पकेटमारी पिडित – रामे,
पकेटमारी गर्ने (मास्टर) – काशी, पैसा धेरै छ – टानको द पैसा थोरै छ जुटको द , गाडी -कांचा, 
केटा – छापा, केटी -भद्रि पुलिस आयो ठल्दाई आयो , ड्राईभर – माम, खलासी- मले 
गाडीवाट झरेर भाग- टप्की
गाडी भित्र अगाडी सर – अकल जा
गाडी भित्र पछाडी सर – चिछल जा

  • 3
    Shares