You are here
Home > समाचार > मैलुङ प्रहरी चौकीमा आक्रमण,दुई प्रहरी घाइते

मैलुङ प्रहरी चौकीमा आक्रमण,दुई प्रहरी घाइते

४ पुष २०७५, बुधबार २१:२१

रसुवा – नुवाकोटको किस्पाङ गाउँपालिका–५ मैलुङ प्रहरी चौकीमा स्थानीयबासीले आक्रमण गरेका छन्। स्थानीयको आक्रमणबाट दुई जना प्रहरी घाइते भएका छन्।

प्रहरी चौकी र एउटा गाडीमा क्षती पुगेको छ। स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले पाँच राउन्ड हवाइ फायर गरेको छ। माथिल्लो त्रिशुली १ ए को सामग्री चोरी गरेको अभियोगमा गएराति चार जना पक्राउ परेका थिए।

उनीहरूलाई जिल्ला प्रहरी कार्यलयमा लैजाने क्रममा रसुवाको उत्तरगया गाउँपालिका–२ का मैते तामाङ भाग्ने क्रममा त्रिशूली नदीमा पसेर बेपत्ता भएका छन्। तामाङलाई प्रहरीले नदीमा बगाइदिएको भन्दै स्थानीयले प्रदर्शन गरेका छन्।

  • 9
    Shares