You are here
Home > समाचार > उपहारको पोको बोकेर,ओबामा’चिल्ड्रेन्स नेशनल अस्पताल’

उपहारको पोको बोकेर,ओबामा’चिल्ड्रेन्स नेशनल अस्पताल’

५ पुष २०७५, बिहीबार ११:४३
काठमाडौं- सर्वसाधारणलाई जाममा पार्दै साइरनजडित गाडीमा हुइँकिने साथै भड्किलो जीवनशैली अपनाउनु नेपालका राष्ट्रपति, प्रधानमन्त्री मात्रै होइन, मन्त्रीलगायतका भीआईपीहरुको, दैनिकी नै हो। यही कारण सर्वसाधारणका नजरमा सबै आलोच्य छन् । यसै बिच, शक्तिराष्ट्र अमेरिकाको कुरा सुन्दा हामीलाई अचम्म लाग्न सक्छ, त्यहाँका भीआईपीहरु रवाफिलो भन्दा पनि सरल जीवन बाँच्छन् । हामीले साना ठानेका काम निस्फिक्री गर्छन् र जनताका दुःखमा हात अघि बढाउँछन् साथै राजनीतिलाई साँच्चै उत्तरदायी र सेवाको रुपमा उपयोग गर्छन् । यहीबीच अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले बासिंटन डीसीस्थित चिल्ड्रेन्स नेशनल स्पताल पुगेर क्रिसमसको अवसरमा बालबालिकालाई उपहार बाँडेका छन्। सान्ता क्लजले लगाउने शीरमा रातो फ्लपी टोपी र काँधमा उपहारको पोको बोकेर उनी अस्पताल पुगेका थिए। ओबामालाई यस्तो अवस्थामा देखेर अधिकांश व्यक्तिहरू आश्चर्यमा परे। त्यसपछि उनले अस्पतालमा रहेका बिरामी बालबालिकालाई उपहार दिनुका साथै तस्वीरसमेत खिचाएको सार्वजनिक भएको छ। बासिंटन पोस्टका अनुसार उनले अस्पतालमा करिब डेढ घन्टा बिताएका थिए। उनले अस्पतालमा बालबालिकासँगै चिकित्सक तथा नर्ससँगसमेत भलाकुसारी गरेका थिए। बालबालिकालाई दिने उपहारको पोको बोकेर हिँडेका ओबामाको फोटो र भिडियो अहिले सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको छ।
  • 5
    Shares