You are here
Home > समाचार > एसएसपी बढुवाको तयारी, को-को छन् दौडमा?

एसएसपी बढुवाको तयारी, को-को छन् दौडमा?

५ पुष २०७५, बिहीबार १२:०८

काठमाडौं –प्रहरी नियमावली संशोधन गरेर ननेपाल प्रहरीमा तीन महिनादेखि रिक्त १५ एसएसपीको दरबन्दी पूर्ति तयारी अघि बढेको छ । अहिलेको नियमावलीअनुसार हालका कुनै पनि एसपीलाई बढुवा गर्न नमिल्ने भएपछि गृह मत्रालयले नियमावली संशोधन गर्न लागेको हो ।

रिक्त १५ पदमा ३० भन्दा धेरै एसपी बढुवाको दौडमा छन् । मेरिट लिष्टअनुसार पहिलो नम्बरमा गणेश रेग्मी, दोस्रोमा श्याम ज्ञवाली र तेस्रोमा सन्दीप भण्डारी छन् । त्यस्तै बसन्त बहादुर कुँवर, रामदत्त जोशी, मिरा चौधरी, किरण बज्राचार्य, भरत बहादुर बोहरा, टेकबहादुर राई, रबिन्द्र केसी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, उमेशराज जोशी, नरेन्द्र प्रसाद उप्रेती, कुबेर कठायत, केदार ढकाल, राजेन्द्र बिष्ट, विष्णु बहादुर केसी, राजेशनाथ बाँस्तोला, सुदीप गिरी, टेकबहादुर तामाङ, जनक भट्टराई, दुर्गा सिंह, कृष्ण कुमार महत, लालमणि आचार्य,किरण राणा, भिम ढकाल, दिपक थापा, अर्जुन चन्द ठकुरी लगायत प्रतिस्पर्धामा छन् । बढुवाका सबै आकांक्षीहरु शक्तिकेन्द्र धाउन थालेका छन् ।