You are here
Home > समाचार > सर्वोच्चको आदेशपछि गुण्डा नाइके दिपक मनाङ्गे थुनामुक्त

सर्वोच्चको आदेशपछि गुण्डा नाइके दिपक मनाङ्गे थुनामुक्त

६ पुष २०७५, शुक्रबार १४:३३

काठमाडौं- गुण्डा नाइके दिपक मनाङ्गे (राजीव गुरुङ) थुनामुक्त भएका छन् ।गएको बैसाख ७ गते काठमाडौं प्रहरी परिसरले पक्राउ गरेका गुरुङ्गलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि छाडिएको कारागार स्रोतले जनाएको छ ।

प्रदेश ४ का प्रदेशसभा सदस्य समेत रहेका मनाङ्गे ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए ।

अघिल्लो वर्ष माघमा सर्वोच्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजाय सदर गरेको थियो । त्यसलगतै फरार भएका उनले सांसदको सपथ समेत लिन पाएनन् ।

सर्वोच्चको फैसलापछि उनी शुरुमा सिक्किम पुगेका थिए । प्रहरीको आँखा छल्दै हिंडेका उनी स्वयम्भूबाट पक्राउ परेका थिए ।

 

  • 8
    Shares