You are here
Home > कला > ‘जिरो’ को पहिलो दिन,२० करोड

‘जिरो’ को पहिलो दिन,२० करोड

८ पुष २०७५, आईतवार १५:२७

काठमाडौं-शाहरुख खान, अनुष्का शर्मा र कटरीना कैफको धेरै प्रतिक्षामा रहेको फिल्म ‘जिरो’ शुक्रवारबाट सिनेमा घरमा रिलिज भएको छ । यो फिल्मले पहिलो दिन जति अपेक्षा गरिएको थियो त्यति कमाई गर्न भने असफल भएको छ । ‘जिरो’ २ सय करोडमा बनेको फिल्म हो रिलिजभन्दा अगाडि फिल्मलाई लिएर निकै बज क्रिएट भएको थियो । कारण, यो फिल्ममा शाहरुख एक पुट्केको भूमिकामा देखिँदै थिए ।

फिल्मलाई समीक्षकले खासै रुचाएका छैनन् । ४ हजार ३ सय ८० स्क्रिनमा एकसाथ रिलिज भएको फिल्मले पहिलो दिन मात्र २० करोड १४ लाख कमाएको छ । अनुष्का शर्मा र कटरीना कैफको पनि प्रमुख अभिनय रहेको फिल्मलाई अब विकेन्ड र क्रिसमसको छुट्टीमा फाइदा मिल्न सक्ने ट्रेड एनालिस्ट तरण आदर्शले बताएका छन् ।

भारतीय मिडियाका अनुसार, उक्त फिल्म फर्स्ट डे कलेक्सनको मामलामा ७ औं नम्बरमा आउँछ । हालै रिलिज भएको ‘२.०’ को हिन्दी भर्सनले पनि पहिलो दिन २० करोड २५ लाख कमाएको थियो । स्क्रिन सर्वाधिक मिले पनि पहिलो दिन फिल्मले राम्रो परफर्म गर्न चुकेको छ ।

‘जिरो’ लाई आनन्द एल रायले निर्देशन गरेका हुन् । यो फिल्म यसकारणले पनि चर्चामा थियो, किनकी यसको एक गीतमा बलिउड सुपरस्टार सलमान खान र शाहरुख दुवै देखिएका थिए । गीतलाई निकै रुचाइएको छ । स्वर्गीय अभिनेत्री श्रीदेवीको एक झलक पनि यस फिल्ममा छ । फिल्ममा धेरै स्टार्स स्पेशल अपियरेन्समा छन् ।

  • 6
    Shares